नेकपाको निस्कर्षः आन्दोलनमा घुसपैठ , नजिकवाट नियाल्न नेता र सुरक्षाकर्मीलाई निर्देशन

  • प्रकाशित मितिः असार, 5, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौ / गुठी विधेयक फिर्ता लिँदा पनि काठमाण्ठौमा जारी गुठी विधयेक विरुद्दको आन्दोलन नरोकिने भएपछि आन्दोलनका विषयमा नेकपा भित्र गम्भिर छलफल हुने भएको छ । विधयेक फिर्ता पछि बुधवार माइतीघर मण्डलामा जनआन्दोलनको झल्को दिने गरी प्रदर्शन भएपछि नेकपाका नेताहरु झस्किएका छन् । विरोध सभा नाम दिईएको प्रदर्शनलाई सम्वोधन गर्ने वक्ताहरुले विधयेक खारेजीको विषयसँगै अन्य विषयलाई जोडेर लाने संकेत दिएपछि सत्तारुढ नेकपाका नेताहरु झस्किएको वताईएको छ ।

बुधवार नै पार्टीका अध्यक्ष द्धय केपी ओली र प्रचण्ड विच भएको दुई घण्टा लामो छलफलमा पनि यो विषयमा गम्भिर समिक्षा भएको बुझिएको छ । प्रचण्ड निकट मानिएका नेकपाका एक केन्द्रिय नेताले जानकारी गराएका छन् । गुठीयारको आन्दोलनमा राजावादी , हिन्दु राष्ट्रवादी , नेपाली कांग्रेस , विवेकशील पार्टी र समाजवादी पार्टीका मान्छे समेत अग्रभागमा बसेर नेतृत्व गरीरहेको देखिएको निष्कर्ष निकाल्दै सो विषयमा छलफल गर्न शुक्रवार पार्टीको सचिवालय बैठक बोलाईएको ति नेताले पहिलो किताबलाई जानकारी गराएका छन् ।

गुठी विधयेकका विरुद्दमा सुरु भएको आन्दोलनमा अन्य विषयले पनि प्रवेश पाउने आन्दोलनको नेतृत्वमा रहेकाले विरोध सभामा गरेको घोषणा र प्रदर्शनकारीले लगाएका विभिन्न नाराका कारण काठमाण्डौमा जारी आन्दोलनलाई नजिकवाट नियाल्न विस्वाशिला पार्टी नेता र सुरक्षा अंगका प्रमुखहरुलाई अध्यक्ष द्धयले काम जिम्मा दिएको समेत ती नेताले जानकारी गराएका छन् ।

बुधवारको आन्दोलनमा सहभागिले विधयेक खारेजी , प्रधानमन्त्री सहित केहि मन्त्रीको राजीनामा माग र अन्य विषयमा समेत कुरा उठाउँदै सवै माग सम्वोधन नभई आन्दोलन नरोकिने घोषणा गर्दै थप तयारीका लागि विहिवार बैठक बस्ने सार्वजनिक रुपमा बताएपछि नेकपाका नेता र सरकार झस्कीएको बुझिएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved