आगलागी हुँदा करिब १५ लाखको क्षति

  • प्रकाशित मितिः असार, 1, 2076
  • पहिलो किताब संवाददाता

घोराही / दाङको घोराही–१, चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गएराति १ बजेको समयमा वासुदेव घर्तीको घर र गोठमा आगलागी हुँदा घरगोठ पूर्णरूपमा जली नष्ट भएको र आगलागीबाट १४ लाख ४४ हजार रुपैयाँबराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

त्यस्तै, दाङको बबई गाउँपालिका–३, हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको गोठमा अचानक आगलागी हुँदा गोठ पूर्णरूपमा जली नष्ट भएको र उक्त गोठमा रहेका ३ बाख्रा जलेको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। रासस



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved