जुवातास खेलिरहेको अबस्थामा ३२ जुवाडे पक्राउ

  • प्रकाशित मितिः असार, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / जुवातास खेलिरहेको अबस्थाबाट ३२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने सिन्धुपाल्चोक लिखु गाउँपालिका २ घर भएका ३४ वर्षीय बुद्ध कुमार तामाङले संचालन गरेको काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत गरी ७ जनालाई नगद ३९ हजार १ सय ७५ रुपैयाँ र १ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै, तेह्रथुम, म्याङलुङ नगरपालिका–३ नागदहस्थित गंगाराम श्रेष्ठ र सोही नगरपालिका–६ जिरिखिम्ती बस्ने भिम प्रसाद लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ९४ हजार १ सय ७५ रुपैयाँ र ९ सय ७४ तासको पत्ति सहित दुवै घर धनी समेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कास्की, पोखरा महानगरपालिका–८ न्युरोडस्थित होटल न्युरोड ईनमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका–४ गणेश टोल बस्ने ४६ वर्षीय शरण त्रिपाठी समेत ८ जनालाई नगद ७६ हजार १ सय ६५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहको जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved