सिरहाको बरियारपट्टीबाट तीन युवा लागुऔषधसहित पक्राउ

  • प्रकाशित मितिः असार, 1, 2076
  • पहिलो किताब संवाददाता

लहान / प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान नगरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट को३८प ३८९६ नंको स्कुटीमा सवार तीनै जनामाथि शङ्का लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved