छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

  • प्रकाशित मितिः जेठ, 30, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / करिब १३ घण्टाको अवधिमा ५ स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुलीमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामध्ये सर्लाही, हरिपुर नगरपालिका–७ स्थित सडकमा ना. २५ प. ६९२२ र ज.५ प. ७८८६ नम्बरका मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र सोही नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनामध्ये २ जनालाई थप उपचारको लागि वीरगंज पठाइएको छ भने २ जना उपचारपछि डिस्चार्ज भएका छन् । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सर्लाही, मलंगवा नगरपालिका–९ बसपार्कमा ना.२ ह. १२२३ नम्बरको टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पुमा सवार बरहथवा नगरपालिका–५ घर भई मलंगवा नगरपालिक–४ डेरा गरी बस्ने ३५ वर्षीय रवि मेस्तरको घटनास्थलमै मृत्यु भएको छ ।

टेम्पु चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यसैगरी नुवाकोट, ककनी गाउँपालिका–४ स्थित सडकमा बा.२ क. ६३६३ नम्बरको टिफर सडकबाट करिब ३ सय मिटर तल खसेर घरको छानामा पर्दा गम्भीर घाइते भएकी घरमा सुतिरहेकी ५८ वर्षीया माइली माया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिफर चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा भिमफेदी गाउँपालिका–१ स्थित सडकमा बा.७ च. ३८४८ नम्बरको कारले बा.४१ प. ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय बिबेस तामाङको छाउनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिन्धुली, सुनकोशी गाउँपालिका–५ भोटेखोलास्थित सडकमा प्रगतिशील माध्यामिक विद्यालय रातामाटाको ना.३ ख. ३५२० नम्बरको गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्कीएर कक्षा ९ मा अध्यनरत रामेछाप खाडादेवी गाउँपालिका–३ बस्ने रामजी श्रेष्ठका छोरा १४ वर्षीय रमिस श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

/ करिब १३ घण्टाको अवधिमा ५ स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुलीमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामध्ये सर्लाही, हरिपुर नगरपालिका–७ स्थित सडकमा ना. २५ प. ६९२२ र ज.५ प. ७८८६ नम्बरका मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र सोही नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनामध्ये २ जनालाई थप उपचारको लागि वीरगंज पठाइएको छ भने २ जना उपचारपछि डिस्चार्ज भएका छन् । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सर्लाही, मलंगवा नगरपालिका–९ बसपार्कमा ना.२ ह. १२२३ नम्बरको टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पुमा सवार बरहथवा नगरपालिका–५ घर भई मलंगवा नगरपालिक–४ डेरा गरी बस्ने ३५ वर्षीय रवि मेस्तरको घटनास्थलमै मृत्यु भएको छ ।

टेम्पु चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यसैगरी नुवाकोट, ककनी गाउँपालिका–४ स्थित सडकमा बा.२ क. ६३६३ नम्बरको टिफर सडकबाट करिब ३ सय मिटर तल खसेर घरको छानामा पर्दा गम्भीर घाइते भएकी घरमा सुतिरहेकी ५८ वर्षीया माइली माया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिफर चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा भिमफेदी गाउँपालिका–१ स्थित सडकमा बा.७ च. ३८४८ नम्बरको कारले बा.४१ प. ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय बिबेस तामाङको छाउनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिन्धुली, सुनकोशी गाउँपालिका–५ भोटेखोलास्थित सडकमा प्रगतिशील माध्यामिक विद्यालय रातामाटाको ना.३ ख. ३५२० नम्बरको गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्कीएर कक्षा ९ मा अध्यनरत रामेछाप खाडादेवी गाउँपालिका–३ बस्ने रामजी श्रेष्ठका छोरा १४ वर्षीय रमिस श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved