मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

  • प्रकाशित मितिः जेठ, 30, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङ रहेका छन् । उनीहरुले तार्केश्वर नगरपालिका–२ स्थित पार्किङ गरी राखेको बा.६३ प. ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गरेका थिए ।

महानगरीय प्रहरी वृत्त बालाजुले बिहिबार विहान उनीहरुलाई पक्राउ गरेको वृतका प्रमुख डीएसपी बाल नरसिंह राणाले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved