खर्च जुटाउन विद्यालयमै गिटी कुट्छन् विद्यार्थी

  • प्रकाशित मितिः जेठ, 30, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / सरकारले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाएको छ।तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन्। न्युन आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन्।

विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ । २५ किलो चामल अट्ने एक बोरा गिटी कुटेबापत उनीहरूले १२० रुपैयाँ पाउँछन्।‘बिहान र बेलुका कुट्दा चार बोराजति गिटी बन्छ,’ कक्षा ६ मा अध्ययनरत पुष्पा बस्नेतले भनिन्, ‘यो पैसा आफू र भाइबहिनीका लागि कापी, कलमलगायत शैक्षिक सामग्री किन्न खर्च गर्छु।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved