कहाँ छन् तिन तहका सरकार ?हावाहुरी पीडितको बिवरण समेत संकलन भएन

  • प्रकाशित मितिः जेठ, 30, 2076
  • पहिलो किताब संवाददाता

कैलाली / कैलालीको बर्दगोरीया गाउपालिकालाई एक साता अघि आएको बिनासकारी हावा हुरीबाट तपाईको पालिकामा के कती क्षेती भयो भनेर सोध्नु भयो भने ढुक्क हुनुहोस तपाईले त्यसको सहि जवाफ पाउनु हुने छैन । कारण गाउपालिकाले बिनासकारी हावाहुरीबाट प्रभावितहरुको बिवरण समेत संकलन गरेको छैन । पिडीतहरुको घाउमा मलमपट्टी लगाउनु तथा राहत बितरण गर्नु त परको कुरा हो, जनतालाई आश्वासन दिनका लागि समेत सरकार पिडीतको घरदैलोमा पुगेन । केही वडाका वडा अध्यक्षहरु आफनो वडाको सिमित ठाउँमा पुगेर जनताको दुखाईको दृश्य हेरे पनि केही पहल भने हाल सम्म पनि नगरेको स्थानीयहरु बताउछन ।

छिमेकी पालिकाहरुले हावाहुरी प्रभावितहरुको बिवरण संकलन गरी केही राहत समेत बितरण गरिरहेको अवस्थामा समेत बर्दगोरीयाले कानमा तेल हालेर बस्नुले सरकारका प्रतिनिधीहरु जनताको बिषयमा कत्तीको चिन्तित छन भन्ने कुरा प्रस्ट देखिन्छ । हुन त वडाले सिफारिस गरेको आधारमा गाउपालिकाले पिडीतलाई राहत रकम बितरण गर्ने सोच बनाएको गाउपालिकाका सुचना अधिकारी गोबिन्द राज रेग्मी बताउनु हुन्छ । तर कहिले, कसरी र कती रकम बितरण गर्ने भन्ने बारेमा अहिले नै भन्न नसकिने उहाको भनाई छ । वडाको सिफारिसको आधारमा राहत बितरण गर्ने भने पनि कुनै पनि वडाले हाल सम्म पनि अनुगमन समिती गठन गरी प्रभावितहरुको बिवरण संकलनमा तत्परता देखाएका छैनन । यद्धपी केही वडाका प्रतिनिधीहरुले आफैले बिवरण संकलनको प्रयास गरेका छौ भने पनि पिडीतहरुको दुखाईमा मलम भने लाग्न सकेको छैन । उसो त गाउपालिकाको बिपद ब्यवस्थापन कोषमा १० लाख रुपैयाँ पनि राखिएको छ तर बिपदको अवस्थामा तिब्र गतिमा खर्च गर्नु पर्ने सो रकम कहिले खर्च हुन्छ भन्दै जनताले प्रश्न गर्न थालेका छन । भने कतीपयले सरकार आफनो कर्तब्य बिमुख भएको प्रतिक्रिया दिएका छन ।

जनप्रतिनिधी भन्दा प्रहरी सक्रिय

गाउपालिकाले आफुले हावाहुरीबाट प्रभावितहरुको बिवरण संकलन त गरेको छैन नै प्रहरी संग समेत कुनै समन्वय गरन । बरु प्रहरीले आफनो सक्रियता बढाएको छ । हावाहुरी आएको भोलिपल्ट देखी नै प्रहरी गाउँ–गाउँमा पुगेर क्षेतीको मुचुल्का उठाउने काम गरीरहेको छ । यस अर्थमा बरु ईलाका प्रहरी कार्यालय बौनिया संग भने प्रभावितहरुको केही बिवरण पाउन सकिन्छ । ईलाका प्रहरी कार्यलय बौनिया प्रमुख प्रहरी निरिक्षक धु्रव बहादुर बिष्टका अनुसार हाल सम्म प्रभावितहरुका १ सय ६२ निबेदन प्रहरीमा आएका छन ।

वडा नम्बर १ बाट २७, वडा नम्बर २ बाट ५३, वडा नम्बर ३ बाट ३६, वडा नम्बर ४ बाट २८, वडा नम्बर ५ बाट २ र वडा नम्बर ६ बाट १६ निबेदन प्रहरीमा आएका हुन । प्रभावितका निबेदन आउने क्रम जारी रहेको प्रहरीको भनाई छ । प्रहरीमा निबेदन आए पनि बढी प्रभावित कती र सामान्य प्रभावित कती भन्ने बारेमा केही पनि खुलेको छैन । प्रभावितले राहत रकम पाउने वा नपाउने बिषयमा आफुलाई कुनै जानकारी नभएको र गाउपालिकाले समेत आफु संग समन्वय नगरेको भन्दै आफुले मुचुल्का उठाएर सम्बन्धित वडा कार्यालयलाई सिरफारिस गर्ने गरेको प्रमुख प्रहरी निरिक्षक बिष्टले बताउनु भयो । यद्धपी केही वडा अध्यक्षहरुले मुचुल्का उठाउनु पर्ने प्रभावित ठाउँको बारेमा फोन मार्फत जानकारी दिने गरेको उहाँको भनाई छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved