ग्रीजम्यान बार्सिलोना जाँदैछन् - गिल मारिन

  • प्रकाशित मितिः जेठ, 30, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फ्रेन्च फरवार्ड ग्रीजम्यान बार्सिलोनामा अनुबन्ध हुने पुष्टि गरेका छन् । एथ्लेटिको मड्रिडका सिइयो गिल मारिनले ग्रीजम्यान बार्सिलोना अनुबन्ध हुनेकुरा पुष्टि गरेका हुन् । ग्रीजम्यानले सिजन सकिन सातादिन बाँकी छँदै एथ्लेटिको छाड्ने घोषणा गरेका थिए ।

ग्रीजमनलाई गत सिजनबाटै स्पेनिस बार्सिलोनाले भित्र्याउन चाहेको चर्चा चल्दै आएपनि बार्सिलोनाका मेस्सीसहित केही खेलाडीले भित्र्याउन नहुने अडान लिएकाले बार्सिलोनाले ठोस कदम चाल्न सकेका थिएन ।

तर, बार्सिलोना अझै पनि २८ वर्षीय ग्रीजम्यानलाई अनुबन्ध गर्ने दौडमै रहेको कुरा एथ्लेटिकोका सिइयो स्वयंले पुष्टि गरेका छन् । ‘यो पछिल्लो कुरा हो कि, ग्रीजम्यान नयाँ सिजनमा बार्सिलोनाबाट खेल्नेछन्,’ सिइयो मारिनले भनेका छन् ।

उनले मार्चबाटै ग्रीजम्यान बार्सिलोना जान इच्छुक रहेको उल्लेख गर्दै सही समय र अफर कुरिरहेको बताए । ‘हामीलाई मार्चदेखि नै यो थाहा थियो कि, उनी बार्सिलोना जाँदैछन् । तर, त्यसका लागि उनले चित्तबुझ्दो अफर कुरिरहेका थिए ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved