असल सम्बन्ध, सम्मान र दम्पतीकालागि शिष्टचारको महत्व

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / हामी विशेषगरि आफूलाई अरुको सामुन्ने शिष्ट देखाउने प्रयत्न गछौँ । अरुको अगाडी आफूलाई शिष्ट ब्यातmीको रुपमा परिचित गराउन हामी अरुकै खातिर सानोतिनो कुरामा पनि शिष्टचार पालना गरिरहेका हुन्छौँ । हामीले अरुसँग कसरी बोल्ने, कस्तो सम्बोधन गर्ने, कसरी हिँड्ने, कसरी खाने, कसरी बस्ने इत्यादि कुरामा हामी आफुलाई सकेसम्म शिष्ट रुपमा पेश गरिरहेका हुन्छौ ।

यी कुराले आज यस्तो लाग्छ मानौ शिष्टता भनेको अरुको सामुन्ने गरिने नाटकिय शैली हो । शिष्टताको अभ्यासको कमीले गर्दा आज हामी एक्लै हुँदा त्यस्तो शिष्टताको ख्याल गर्दैनौ । के तपाईं वाथरुममा शिष्ट बन्ने अभ्यास गर्नुहुन्छ ? तपाईं बेडरुममा शिष्ट बन्ने प्रयास गर्नुहुन्छ ?


सायद पक्कै गर्नुहुन्न । किनभने शिष्ट भनेको अरुको अगाडि देखाउने भन्ने लाग्छ हामीलाई । तर, यो एक स्वभाव हो, प्रवृत्ति हो । हामीले अरुको लागि होइन, आफ्नो लागि शिष्ट बन्ने हो । तपाईं भलाद्मी वा मान्यजनको अगाडि हुँदा जसरी सभ्य भएर खानेकुरा खानुहुन्छ, एक्लै हुँदा पनि तपाईंमा त्यो सभ्यता कायम रहनुपर्छ । जसरी तपाईं कुनै विशिष्ठ व्यक्तिको अगाडि शालिन भएर बोल्नुहुन्छ, एक्लै हुँदा पनि तपाईंमा त्यो शालिनता रहनुपर्छ ।

तर, हामी अरुको अगाडि सकेसम्म भद्र हुने कोसिस गर्छौ । अरुको सामुन्ने शिष्ट हुने कोसिस गर्छौ । अरुको सामुन्ने सभ्य हुने कोसिस गर्छौ । अर्थात अरुको अगाडि राम्रो देखिने कोसिस गर्छौ ।

धेरैको मान्यता शिष्टचार अरुको अगाडि प्रदर्शन गर्ने कुरा हो भन्ने रहेको छ । तर, शिष्टता, सभ्यता भन्ने कुरालाई हामीले आफ्नो स्वभाव बनाउनुपर्छ । तब मात्र हामीले प्रदर्शन गर्ने शिष्टचार स्वभाविक देखिन्छ । प्राकृतिक देखिन्छ । यदि अरुको सामुन्ने मात्र आफुलाई शिष्ट देखाउने प्रयास गरिन्छ भने त्यो नाटकिय लाग्छ ।

दम्पतिबीच शिष्टताको महत्व :

हामीले अरुको अगाडि शिष्ट बन्ने प्रयास गरेपनि आफ्नै श्रीमान् वा श्रीमतीको अगाडि शिष्टचार पालना गर्दैनौ ।

भन्न त के भनिन्छ भने, श्रीमान् र श्रीमतीबीच पारदर्शी हुनुपर्छ । केही कुरा लुक्नु हुँदैन । अर्थात स्वभाव, प्रवृत्ति, बानी व्यवहार पनि सक्कली हुनुपर्छ । नाटकिय हुनुहुँदैन । त्यही कारण हामी श्रीमती वा श्रीमानको सामुन्ने आफु जस्तो छौ, त्यस्तै रुपमा पेश हुन्छौ । कुनै ढोंग गर्दैनौ ।

जबकी शिष्ट बन्नु कुनै ढोंग होइन । श्रीमती वा श्रीमानको अगाडि पनि शिष्टचार पालना गर्नु कुनै बनावटी काम होइन । तर, त्यसलाई तपाईंले आफ्नो स्वभावको रुपमा विकास गर्नुभयो भने ।

दम्पतीबीच ख्यालठट्टा हुन्छ । नोकझोंक हुन्छ । मनमुटाव हुन्छ । झै(झगडा हुन्छ । यी स्वभाविक क्रिया हुन् । जब दुई अलग व्यक्ति एकाकार भएर अगाडि बढ्नुछ भने त्यसमा केही घर्षण त आवश्यक हुन्छ नै । त्यसैले श्रीमान् श्रीमतीबीच हुने नोकझोंक, मनमुटाव, झगडा वा ख्यालठट्टा, रमाइलो स्वभाविक हो । यद्यपी यति हुँदाहुँदैपनि दुबैले आफ्नो शिष्टतालाई भने भुल्नु हुँदैन ।

प्रेम र विश्वासको सम्बन्ध हो, दम्पत्य जीवन । यो सम्बन्धलाई कसिलो बनाइराख्नका लागि आपसी सम्मान र शिष्टचार पनि जरुरी छ । आसपी सम्मान र संवादमा शालीनता, सहजता र शिष्टता खाँचो हुन्छ ।

ख्यालठट्टा, नोकझोंकले श्रीमान्(श्रीमतीलाई थप नजिक ल्याउँछ । यो सत्य हो । यद्यपी यससँगै दाम्पत्य सम्बन्धमा शिष्टचार पनि जरुरी छ । यदि त्यसो भएन भने दाम्पत्य सम्बन्धमा आस्था र सम्मानको संकट भई पारिवारिक झगडा समेत उत्पन्न हुने सम्भावना प्रवल रहन्छ ।

आफ्ना पार्टनरप्रति गरिने व्यवहार, बोलिने भाषा सालिन हुनुपर्छ । सभ्य हुनुपर्छ । एउटाले अर्कोको कुरा वा भावनालाई सम्मान गर्नुपर्छ । दुबैले एकअर्काको भाषा बुझ्नुपर्छ । यसले दम्पतीको सम्बन्ध बलियो र सुमधुर हुन्छ ।

श्रीमान श्रीमतीले एकअर्काप्रति दर्शाउने शिष्टचारले परिवारको माहौल पनि बद्लिन्छ । परिवारका अन्य सदस्य एवं छोराछोरीले समेत शिष्टचारलाई आफ्नो स्वभावको रुपमा विकास गर्छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved