५७ लाख रुपैयाँसहित भारतीय पक्राउ

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फूलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपाकिकास्थित दशजगा क्षेत्रबाट उक्त परिमाणको नगदसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको जानकारी दिए ।

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनि पिडौंलाको भाग, कम्मर र जिन्स पाइन्टको खल्ती तथा  हेल्मेट रबाइकको  डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved