पत्रकार महासंघको भवन निर्माणमा भ्रष्टाचार,अख्तियारले थाल्यो छानविन

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

रुकुम / सधै अरुको बारेमा सोधीखोजी गर्ने पत्रकारहरुको संस्था अख्तियारको छानविनमा परेको छ । भवन निर्माणमा अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको हो ।

महासंघ रुकुम शाखाको सदरमुकाम खलंगा स्थित चन्दननाथ टोलमा भवन निर्माण भएको थियो । उक्त भवन निर्माणका लागि तत्कालिन जिल्ला विकास समिति, निर्वाचन क्षेत्र विकास कार्यक्रम र सूचना तथा सञ्चार मन्त्रालयको गरि करिब २० लाख रकम छुटिएको थियो ।

भवन निर्माणमा भ्रष्टाचार भएको भनि निवेदन परेपछि अख्तियारले छानविन शुरु गरेको अख्तियारका सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । ‘निवेदनपछि भवन निर्माणको बजेट निकासा गर्न पेश गरिएका बिल भरपाई र कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ’ उनले भने, ‘ बाँकी कुरा के कसरी अघि बढ्छ अनुसन्धान पछि मात्र थाहा हुन्छ, अहिले सबै खुलाउन मिल्दैन ।’ 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved