जलविद्युत आयोजनामा आगलागी

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

इलाम / इलामको पुवाखोलास्थित अपर पुवा–१ साना जलविद्युत आयोजनामा हिजो साँझ भएको आगलागीमा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । जोशी हाइड्रोपावर कम्पनीले निर्माण गरेको तीन मेगावाट क्षमताको आयोजनाको पावरहाउसमा जडान भएका दुई टर्वाइनमध्ये एकमा अचानक आगलागी भएको हो ।

डेढ मेगावाट क्षमताको एक टर्वाइन बिग्रिएर केही दिन अगाडिदेखि नचलाइएको भए पनि हिजो अकस्मात उल्टो घुमेर आगलागी भएको बताइएको छ । आगलागी भए लगत्तै कर्मचारी र स्थानीयले पावरहाउसमा पानी वन्द गरेर आगो नियन्त्रणमा लिएका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved