बालोन डि‘ओरको नयाँ ‘र्‍याङकिङ’ सार्वजनिक

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर कसले जित्ला भन्ने चर्को अड्कलबाजी र चर्चा सुरु हुन थालेका छन् । यसपटक मुख्य दाबेदारको रूपमा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइक, अर्जेन्टिनाका लिओनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, पोर्चुगलकै बर्नान्डो सिल्भा, इजिप्टका मोहमद सालाह, सेनेगलका साडियो रहेका छन् ।

सिजन २०१८/१९ र २०१९को यहाँसम्मको अवधिको प्रदर्शनलाई हेरेर बालोन डि‘ओरका दाबेदार १० खेलाडीको सूची ‘र्‍याङकिङ’ सार्वजनिक गरेको छ । जसमा इंग्लिस क्लब लिभरपुलका भान डाइक अगाडि छन् ।

युरोपियन च्याम्पियन्स लिगमा लिभरपुललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका भान डाइकलाई स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीभन्दा पनि बलियो दाबेदार मानिएको छ ।

भर्खरै सकिएको सिजनमा मेस्सीले व्यक्तिगत रूपमा शानदार सिजन बिताउँदै ५१ गोल गरे पनि च्याम्पियन्स लिगमा बार्सिलोनाले भोगेको असफलताका कारण मेस्सीलाई ठूलो झट्का लाग्ने देखिएको छ ।

किनभने, विगत वर्षका रेकर्ड हेर्दा पनि बालोन डि‘ओर अवार्डका लागि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता र च्याम्पियन्स लिगको प्रदर्शन र उपाधिलाई नै मुख्य आधार मान्ने गरिएको छ ।

त्यसैले सन् २०१९ मा मेस्सीले व्यक्तिगत रूपमा बार्सिलोनाबाट उच्च प्रदर्शन गर्दै ५१ गोल र १९ गोलका लागि असिस्ट गरे पनि च्याम्पियन्स लिगमा असफल भएपछि उनले बालोन डि‘ओर जित्ने सम्भावनामा झट्का लागेको छ ।

तर, आजको ३ दिनपछि ब्राजिलमा सुरु हुने कोपा अमेरिका फुटबलमा मेस्सीले लयमा प्रदर्शन गर्दै अर्जेन्टिनालाई उपाधि जिताउन सकेको खण्डमा पनि उनी स्पष्ट रूपमा बालोन डि‘ओरको नम्बर वान दाबेदार बन्नेछन् । तर, अर्जेन्टिनालाई धेरैले कोपाको दाबेदार टिम मानेका छैनन् ।

२ दिनअघि भएको युइएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगललाई उपाधि जिताएपछि रोनाल्डोलाई पनि दाबेदारका रूपमा हेरिएको छ । हाल बालोन डि‘ओरका दाबदार खेलाडीमध्ये धेरै उपाधि जित्नेमा रोनाल्डो र पोर्चुगलकै बर्नान्डो सिल्भा रहेका छन् ।

सार्वजनिक ‘र्‍याङकिङ’ टप–१० खेलाडी :

भर्जिल भान डाइक - लिभरपुल
लिओनल मेस्सी - बार्सिलोना
बर्नान्डो सिल्भा - म्यानचेस्टर सिटी
साडियो माने - लिभरपुल
एलिसन बेकर - लिभरपुल
रहिम स्ट्रलिङ - म्यानचेस्टर सिटी
मोहमद सालाह - लिभरपुल
क्रिस्टियानो रोनाल्डो - युभेन्टस
इडेन हाजार्ड - चेल्सीररियल मड्रिड
केलियन एमबाप्पे - पिएसजी
गोल र अन्य तथ्यांक स्

भान डाइक – २०१८/१९ पिएफपी प्लेयर अफ् द इयर र युसिएल विजेता
मेस्सी – सबै प्रतियोगिताबाट २०१९ मा ३० गोल
सिल्भा – २०१९ मा १७ खेलमा १६ मा जित क्लब
माने – २०१९ मा प्रिमियर लिगमा १४ गोल
एलिसन – २०१९ मा २७ क्लिन सिट
स्टर्लिङ – २०१९ मा गोल प्लस असिस्ट २०
सालाह– २०१९ मा गोल प्लस असिस्ट १७
रोनाल्डो – क्लब र देशका लागि गरी १७ गोल
हाजार्ड – २०१९ मा गोल प्लस असिस्ट १६
एमबाप्पे – २०१९ मा लिग वानमा २० गोल



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved