गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न प्रधानमन्त्रीको आग्रह

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / ब्रिटेनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी ब्रिटिश समकक्षी टरिजा मेसँग भेटघाट गर्नुभएको छ । विगत १७ वर्षयता नेपालका कुनै पनि राष्ट्र प्रमुख बेलयात भ्रमणामा निस्कनुभएको थिएन । बेलायत पुग्नुभएका प्रधानमन्त्रीओलीले मंगलबार साँझ समकक्षीसँग डाउनिङ स्ट्रिटमा भेटवार्ता गर्नुभएको हो ।

सो क्रममा उहाँले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरवलोकन गर्नुपर्ने जनाउनुभएको छ । सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले ब्रिटिश जनता र राजमुकुटप्रति गोर्खालीहरूको अद्वितीय सेवालाई ख्याल गर्दै गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन भए पनि अन्य मागप्रति ध्यान दिन आग्रह र्गनुभएको छ । प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने बताउनुभएको छ ।

भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण आदि विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै मागहरू सम्बोधन नभए नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्। ब्रिटिश सरकारले भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै गत मार्चमा पेन्सन ३४ प्रतिशत बढाउने घोषणाा गरेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved