विष हालेर कुखुरा मारेको आरोपमा एक महिला पक्राउ

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

गोरखा / विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठ पक्राउ परेकी छिन् । विषादी हालेर एक सय ४० वटा कुखुरा मारेको उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको हो प्रहरीले जनाएको छ । कुखुरा धनी राम कुमारी सुनारले विषादी हालेर कुखुरा मारेको जाहेरी दिएकी थिइन् ।

मरेको कुखुराको जाँच गर्दा विषादीयुक्त आहारका कारण मरेको भनी प्रमाणित भएको र छिमेकीले सार्वजनिक बदमासी गरेको भन्दै उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरेको गोरखाका एसपी भोला रावलले जानकारी दिए । श्रेष्ठलाई सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी रावलले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved