शौचालय भत्किँदा ४ जना बालबालिकाको मृत्यु

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

दार्चुला । दार्चुलास्थित  नौगाड गाउँपालिकामा शौचालय भत्किँदा चार जना बालबालिकाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–४ सिप्टीस्थित् स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत ५ देखि १० वर्षसम्मका बालबालिकाको  मृत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिएका छन्  ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा बालबालिकाको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा अन्दाजी ८ वर्षिया निरुता ठगुन्ना, १० वर्षिया अनुष्का धामी, ५ वर्षिया युनिका ठगुन्ना र ९ वर्षीय सुदिश धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved