रोनाल्डोलाई पछि पार्दै मेस्सी बने विश्वको सर्वाधिक कमाई गर्ने खेलाडी

  • प्रकाशित मितिः जेठ, 29, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / अर्जेन्टिनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो स्थानमा परेका छन् । अमेरिकाको चर्चित बिजनेस म्यागाजिन ‘फोब्र्स’ ले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो स्थानमा मेस्सी परेका हुन् । फोब्र्सका अनुसार मेस्सीको बार्षिक कमाई एक सय २७ मिलियन अमेरिकी डलर छ ।

दोस्रो स्थानमा पोर्चुगीचका स्टार क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डोको कमाई बार्षिक एक सय ९ मिलियन अमेरिकी डलर छ । तेस्रो स्थानमा रहेका ब्राजिल एवं पेरिस सेन्ट जर्मन पीएसजीका स्टार नेइमारको कमाई पनि एक सय ९ मिलियन डलर रहेको छ । चौथो स्थानमा मेक्सिकोका बक्सर कानेलो अल्भारेज छन् ।

उनको कमाई ९४ मिलियन डलर रहेको छ । पाँचौं स्थानमा स्वीस टेनिस स्टार रोजर फेडेररको कमाई ९३.४ मिलियन, छैटौं स्थानमा रहेको अमेरिकन फुटबलर रुसेल विल्सनको ८९.५ मिलियन र सातौं स्थानमा रहेका अमेरिकाकै फुटबलर आरोन रोड्जर्सको ८९.३ मिलियन अमेरिकी डलर छ ।

यसैगरी बास्केटबलका लेब्रोन जेम्सको ८९ मिलियन सहित आठौं र बास्केटबलमै स्टेफेन्स करी ७९.८ मिलियन डलरसहित नवौं र केभिन डुरान्ट ६५.४ मिलियन डलर सहित शीर्ष १०मा अटाएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved