‘प्रहरीको मुख फुट्ने गरी हिर्काएपछि प्रदर्शनकारीमाथि बल प्रयोग’

  • प्रकाशित मितिः जेठ, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडाैँ / गृहमन्त्री रामबहादुर थापाले प्रदर्शनकारीले प्रहरीको मुख फुट्ने गरी हिर्काएपछि माइतीघरमा बल प्रयोग गर्नुपरेको दाबी गरेका छन् ।

घटनाबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री थापाले गुठी विधेयकको विरोध गर्ने क्रममा प्रदर्शनकारीहरुले  प्रहरीको मुख क्षतविक्षत हुनेगरी आक्रमण भएपछि बल प्रयोग गरेको दाबी गरेका हुन् ।

‘प्रदर्शनकारीबाट बल प्रयोग भएको छ । प्रहरी घाइते भएका छन्। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाइन्छ तर,  प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, इँटा हान्ने उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार भन्दैनौं’, गृहमन्त्री थापाले भने, ‘त्यस्ता घटना पनि भएका छन् । ती कुराहरुमा छानबिन हुनुपर्छ, राज्यले आवश्यक छानबिन गर्नेछ । दोषीमाथि आवश्यक कारवाही हुनेछ ।’

गुठी विधेयकको विरोधमा आइतबार भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो । त्यसक्रममा केही घाइते भएका छन् ।

माइतीघर घटनाबारे सरकारले नैतिक जिम्मेवारी लिने उनले बताए। त्यहाँ भएका कमी कमजोरीबारे छानबिन भइरहेको उनले जानकारी दिए ।  उनले भने, ‘सरकारले नैतिक जिम्मेवारी लिन्छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ । महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।’

गृहमन्त्रीको जवाफपछि कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँडले चौरमा बसेकातथा पक्राउ गरिसकेपछि पनि प्रहरीले लात्तैलात्ताले हानेको भन्दै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गरे । सत्तारुढ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको भन्ने प्रश्न गरे । त्यसपछि थापाले नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

‘शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो कि भन्ने प्रश्न उठेको छ तर तथ्यहरुले ती कुरालाई सावित गर्दैन। दिनदिनै विरोध प्रदर्शन भइरहेका छन्। ती विरोधलाई दमन गर्ने, रोक्ने काम भएको छैन’, उनले भने, ‘नियमभन्दा विपरित गयो, दमन भयो, टाउकैमा प्रहार भयो, बढी बल प्रयोग भएको भन्ने कुरा आएको छ। तथ्यले यस्तो देखाउँदैन ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved