नेपाल इन्टरनेटको गतिमा १४४औँ स्थानमा

  • प्रकाशित मितिः जेठ, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौ / ब्रोडब्यान्ड इन्टरनेटको गतिमा नेपाल २ सय मुलुकमध्ये १ सय ४४औँ स्थानमा छ । विश्वभरका मुलुकको ब्रोडब्यान्ड इन्टरनेट तुलना गर्ने सस्था संयुक्त अधिराज्य बेलायतस्थित ‘केबल डट को डट युके’ले अन्तर्राष्ट्रिय उपभोक्ता अनुसन्धानमूलक परामर्श संस्था ‘बिभिए बिडिआरसी’को सहयोगमा सन् २०१८ मा संयोजन गरेको २ सय मुलुकको तथ्यांकले यस्तो देखाएको हो ।

उक्त तथ्यांक अमेरिका ओपेन टेक्नोलोजी इन्स्टिच्युट, गुगल ओपन सोर्स रिसर्च, प्रिन्स्टन युनिभर्सिटिज प्लानेट ल्याब र अन्य सहयोगी साझेदारसँगको सहकार्यमा अमेरिकन संस्था एम ल्याबले १२ महिना लगाएर २९ मे २०१८ सम्म संकलन गरेको थियो । नेपालमा २० हजार ८ सय ८७ पटक गरिएको परीक्षणमा इन्टरनेटको औसत गति २ दशमलव ३६ प्रतिशत देखिएको छ ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा नेपालको इन्टरनेट गतिमा १ दशमलव ३९ एमबिपिएस सुधार गर्दै २५ स्थानमाथि उक्लिएको हो । यद्यपि, दक्षिण एसियामा भारत र श्रीलंकाबाहेक अन्य मुलुकको तुलनामा नेपालमा औसत इन्टरनेटको गति उच्च छ । तथ्यांकअनुसार विश्वमा इन्टरनेटको औसत ६० दशमलव ३९ एमबिपिएस गतिका साथ सिंगापुर पहिलो स्थानमा छ भने शून्य दशमलव ३१ एमबिपिएस औसत गति भएको यमन अन्तिममा छ ।

विश्वकै इन्टरनेटको औसत गति भने ९ दशलव १ एमबिपिएस छ । यो तथ्यांक जुन २०१७ देखि मे २०१८ को बीचमा मापन गरिएको केबल युकेले जनाएको छ । परीक्षण अवधिभर २ सय मुलुकमा १६ करोड ३० लाख परीक्षण गरिएको थियो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved