सापकोटाको प्यानल नै विजयी

  • प्रकाशित मितिः जेठ, 27, 2076
  • पहिलो किताब संवाददाता

धरान/ सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा गिरिधारी सापकोटाको नेतुत्व टिम नै विजयी भएकाृे छ । नेतृत्वका लागि कांग्रेस समर्थित विजय श्रेष्ठ सँग प्रतिष्पर्धामा उत्रिएका सापकोटा विजयी वनेसँगै हार स्विकार्न वाहेकको विकल्प रहेन अरुसँग ।

सापकोटाले प्रतिद्वन्द्वी विजय श्रेष्ठलाई ७८ मतले पछि पार्दै विजयी भएका हुन् । सापकोटाले ७ सय ४१ मत पाउँदा श्रेष्ठले ६ सय ६३ मत मात्रै पाएका थिए ।

सापकोटालाई नेकपाको र श्रेष्ठलाई नेपाली काङ्ग्रेस सहितका दलको समर्थन थियो । कुल १ हजार ७ सय ४८ मतदातामध्ये १ हजार ४ सय ३४ जनाले मतदान गरेका थिए ।

वाणिज्य महिला सदस्यतर्फ शुभेच्छा अधिकारी ४ सय ७५ मत पाएर विजयी भएकी छिन् । मानबहादुर विश्वकर्मा सबैभन्दा धेरै ५ सय ८५ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै, सीताराम आचार्यले ५ सय ६९ मत, नवीन राजभण्डारीले ५ सय ४६ मत, मनोज श्रेष्ठले ५ सय २७ मत र शशी साहले ५ सय ७ मत पाएर विजयी भए । राजेश अग्रवालले ५ सय ३ मत, अशोक जैनले ४ सय ७५ मत र दिनेश राईले ४ सय ७१ मत पाएर विजयी भए ।

उद्योगतर्फ विष्णु बराल, पीयुषराज आचार्य, महेन्द्र प्रधान र प्रभाव खतिवडा विजयी भएका छन् । एशोसिएटतर्फका ३ जना सदस्यमा गोपाल श्रेष्ठ, राजीव गोयल र अनिल अग्रवाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved