यामाहा एफजीएस एफआई भी३ सार्वजनिक

  • प्रकाशित मितिः जेठ, 27, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / यामाहा मोटरसाइकलको अधिकृत बिक्रेता तिरुपति अटो सिटी इटहरीले फिल द थ्रिल रोड शोसहित एफजीएस एफआई भी३ सार्वजनिक गरेको छ। नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा भित्र्याएको एफजीएस एफआई भी३ इटहरी बिक्रेता तिरुपति अटो सिटीले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो।

फ्युल इन्जेक्सन प्रविधि र एन्टिलक सिस्टम दुबै भएको १५० सिसीको एफजीएस एफआई भी३ पहिलो मोटरसाइकल भएर र सबैखाले मौसम र सडकको अवस्थामा पनि सजिलै चलाउन सकिने सुविधायुक्त रहेको एमएडब्लु इन्टरप्राइजेजका विक्री अधिकृत प्रकाश देवकोटाले जानकारी दिए। यस मोटरसाइकलमा फ्रन्ट र ब्याक दुबै ह्वीलमा डिस्क ब्रेकको व्यवस्था रहेको समेत उनले बताए।

सार्वजनिक गरिएको मोटरसाईकलको विक्री सुरु भइसकेको तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए। मोटरसाइकल सार्वजनिक तथा फिल द थ्रिल रोड शो कार्यक्रममा विभिन्न कलाकारहरुका प्रस्तुति रहेका थिए भने व्यवसायी भीम पौडेल, शैलेश विष्ट, इटहरीका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेल लगायतको सहभागिता रहेको थियो।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved