मस्तिष्क पढ्ने चिप बन्याे, अब साेचाइ अनुसार स्मार्टफाेनमा नियन्त्रण गर्न सकिने

  • प्रकाशित मितिः जेठ, 26, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / मानिसले अाफूले साेचे अनुसार अाफ्नाे स्मार्टफाेनले काम गरे कस्ताे अानन्द हुन्थ्याे हाेला । तर वेज्ञानिकहरूले सूचना प्रविधिकाे विकासमा दिन रात नभनि लागीरहेका छन् । हालै चीनमा भएकाे विश्व इन्टेलिजेन्ट सम्मेलनमा मस्तिष्कमा खेल्ने कुरा नै जान्ने चिपकाे प्रदर्शन भएकाे छ ।

वैज्ञानिकले यसकाे माध्यम अाफ्रनाे साेचार्इ मात्रले स्मार्टफाेनलार्इ नियन्त्रण गर्न सकिने दाबी गरेका छन् । याे चिपलार्इ ब्रेन टकर नामाकरण गरिएकाे छ । याे चिप दिमागमा उत्पन्न हुने दिमागकाे विद्युतीय तरंगबाट चल्दछ । यस सिग्नललार्इ कम्प्युटरबाट डिकाेड गनर् सकिन्छ ।

चिप बनाउने वैज्ञानिकहरूले कम्प्युटर, स्मार्टफाेन वा अन्य डिभाइसबाट कन्ट्राेल गनर् सकिन्छ । साथै यसबाट चिकित्सा, शिक्षा र मनाेरञ्जनकाे क्षेत्रमा पनि प्रयाेग गर्न सकिने बताइएकाे छ ।

याे ब्रेन टकर संयुक्त रूपमा तियानजिन विश्व विद्यालय र चाइना इलेक्ट्राेनिक कर्पाेरेशनले बनाएका हुन् । निर्माताहरूले याे चिप कुनै निर्देशन, गतिविधि वा बटम बिना नै स्मार्टफाेन वा कप्म्युटरलार्इ नियन्त्रण गर्न सकिने बताएका छन् । याे विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि धेरै नै उपयाेगी हुनेछ किनकी उनीहरूले प्रयाेग गर्ने व्हिलचियर उनीहरूकाे मस्तिस्ककाे साेचाइ अनुसार चल्नेछ ।

तियानजिन विश्व विद्यालयका डिन डन्ग् मिगका अनुसार दिमागबाट कम्प्युटर नियन्त्रित गर्ने तरिका भविश्यका लागि धेरै उपयाेगी हुनेछ । ब्रेन टकर चिप दिमाग र कम्प्युटरकाे बीच एक इन्टरफेस टेक्नाेलाेजी जस्तै काम गर्नेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved