नियन्त्रणबाहिर डेंगुको महामारी

  • प्रकाशित मितिः जेठ, 26, 2076
  • डा. प्रकाश बुढाथोकी

तीन साताको अवधिमा डेंगु नियन्त्रणबाहिर गई धरानमा ६ वर्षदेखि ६१ वर्ष उमेर समूहका ८० जनाभन्दा बढी संक्रमित भएका छन् । संक्रमणलाई नियन्त्रण गर्न नसकी स्थानीय सरकार धरान नगरपालिका र प्रदेश सरकार १ ले संघीय सरकारसँग सहयोग मागेपछि स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितको टोली स्थलगत अध्ययन गर्न धरान पुगेको छ । नियन्त्रणबाहिर गएको आंकलनसहित बीपी प्रतिष्ठानले गत शुक्रबार पत्रकार सममेलन नै गरिसकेको छ । त्यसो त बीपी प्रतिष्ठानमा हेल्थ डेस्क स्थापना, लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने, फगिङ, रेपिड रेस्पोन्स टिमको गठन र परिचालन भई सकेका छन् ।
हालसम्म रेपिड टेस्टका आधारमा मात्र निदान भएको छ । मनसुनपछि देखिने यो रोग यो वर्ष पानी चाँडो परेको र अत्यधिक गर्मीले गर्दा छिटो देखा परेको छ । डेंगु संक्रमित लामखुट्टे, ऊनीहरूले पारेका अन्डा र उत्पनन भएका लार्भा नमारेसम्म रोग नियन्त्रणमा आउन सक्ने स्थिति छैन । रोग फैलन सक्ने सम्भावित जिल्लामा लाखौं अर्थ तथा सामान पठाइए पनि न रोकथाम न उपचार नै सम्भव हुने गरेको विगतले देखाउने गरेको छ । सरकारबाट चालिएका कदमभन्दा मौसम परिवर्तन भएपछि अर्थात् गर्मी घटी चिसो बढेपछि संक्रमण र महामारी घट्ने तथा टर्ने गरेको अनुभव छ ।

डेगु :  एक भाइरल रोग

डेंगु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीव्र संक्रमणले डेंगु रोग लाग्छ । लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिने डेंगु रोग तीन दिनमै नरम हु“दै जाने भएकाले यसलाई तीनदिने ज्वरो पनि भनेको पाइन्छ । चिकित्साशास्त्र अनुसार जीवनकालमा यसको संक्रमण एकपटक मात्र हुन्छ ।
विषाणुको संक्रमणपश्चात् लक्षण नदेखाउने वा छुट्याउन नसकिने ज्वरो, डेंगु ज्वरो (डीएफ), डेंगु हेमोरेजिक ज्वरो (डीएचएफ) वा रगतको प्लाज्मा बाहिरिएर डेगु सक सिन्ड्रोम (डीएसएस) प्रकारको हुन सक्छ । भाइरसले प्लेटलेटलाई आक्रमण गरी रगत जम्ने प्रक्रिया अव्यस्थित गराई बाह्य तथा आन्तरिक रक्तश्राव बनाउ“छ । क्लासिक डेंगु सामान्य प्रकारको हो र आफंै निको हुन्छ । यदि डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यु हुन्छ ।

 

 

अस्पतालका चिकित्सक, कार्यालय सहयोगी र स्वास्थ्यकर्मी समेतमा डेंगु देखिएकाले रोकथामका लागि सचेतना नपुगेको र लापर्बाही गर्ने गरेको प्रस्टै हुन्छ

 

 

सार्ने माध्यम भीआईपी लामखुट्टे

मानिसमा डेंगुको संक्रमण डेंगु विषाणुबाट संक्रमित पोथी लामखुट्टे एडिस एजिप्टी र एडिज अल्बोपिक्टसको टोकाइबाट लाग्छ । कृत्रिम स्थानमा पाइने एडिज एजेप्टाईको टोकाइ नै प्रमुख कारकमा देखिने गरेको छ । कृत्रिम र प्राकृतिक दुवै स्थानमा पाइने एडिस अल्बोपिकटस लामखुट्टेको टोकाइबाट पनि कही कतै सरेको पाइन्छ । सफापानीमा बस्ने भएकाले यस लामखुट्टेलाई भीआईपी लामखुट्टे पनि भनिन्छ । लामखुट्टेबिना मानिसबाट मानिसमा डेंगु रोग सर्दैन पनि र सबै लामखुट्टेले टोक्दैमा पनि रोग लाग्दैन । यस लामखुट्टेले सूर्योदय भएको २ घण्टापछि मध्यान्तरसम्म वा दिउ“सो मात्र टोक्छ । बाघजस्तै टाटेपाटे देखिने भएकाले एसियन टाइगर पनि भनिने यस लामखुट्टेले टोकेपछि मानिसलाई टोकेको स्थानमा चिलाउ“छ ।

 बढी जोखिम

लामखुट्टेको वंशाणुगत नभई एडाप्टिभ परिवर्तनले उच्च पहाड चढ्दै गएपछि दक्षिणपूर्व एसियामा यो संक्रमण चुनौतीका रूपमा देखिँदै छ । कीटजन्य रोग कुल संक्रामक रोगको १७ प्रतिशत छ । डेंगु फैलाउने एडिस लामखुट्टे प्रशस्त पाइन्छ ।सबैभन्दा बढी जनघनत्व भएको सहरमा तराईबाट आउने सवारी, भारत मलेसियाबाट आउने हवाई सवारीसाधनको अत्यधिक चाप, यत्रतत्र फालिएका रबरका टायर, ड्रम, प्लास्टिकका सामानले जोखिम बढी छ । अस्पतालका चिकित्सक, कार्यालय सहयोगी र स्वास्थ्यकर्मी समेतमा पटकपटक डेंगु देखिएकाले अझै रोकथामका लागि सचेतना नपुगेको र सचेतना भएकामा पनि लापर्बाही गर्ने गरेको प्रस्टै हुन्छ ।

लक्षण

आर्थिक सामाजिक र शैक्षिक रूपले विपन्न वर्ग अत्यधिक पीडित हुने यस रोगमा लामखुट्टेले टोकेको अर्थात् भाइरस पसेको ५ देखि ८ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आ“खा पाक्ने, रुघाखोकी लाग्ने लक्षण देखिन्छन् । ज्वरो, बिमिरा र टाउको वा शरीर दुख्ने डेंगुको त्रिभुज हुन् । बढी पीडित हुनेमा बालबालिका र वृद्धवृद्धा हुन् । एक्कासि चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आ“खाको पछाडिको भाग, खुट्टा, मांसपेशी र जोर्नी दुख्न थाल्छ । टाउको र आ“खा दुख्ने, टाउको तथा आ“खाको नानीको चालले सुरु गराउने तथा बढाउने गर्छ । आ“सु आउने, निद्रा नलाग्ने, भोक नलाग्ने, मुख नमिठो हुने, स्वाद हराउने, तीतो स्वाद आउने, वाकवाकी लाग्ने, बान्ता हुने, चक्कर लाग्ने र कमजोरी महसुस हुन्छ । मुटुको चाल कम, मानिस चिन्तित, छालामा राता दाना, बिमिरा, फोका र डाबर देखिन्छन् र क्रमशः हराउ“छन् । नाक, गिजा, योनी र आन्द्राबाट रक्तश्राव हुने गर्छ ।
डेंगु विषाणु संक्रमणको कडा रूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तश्रावका लक्षण देखापर्छन् जसलाई डीएचएफ भनिन्छ । रक्तश्राव भइ रक्तश्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, पेट दुख्ने, ढाड दुख्ने, मुख निलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पार्न सक्छ । जीवन्त अंगमा असर परी डीएसएस सक हुन सक्छ ।

रोकथाम

संक्रमण भाइरल भएकाले यसको रामवाण औÈधि र उपचार हँुदैन, दुई हप्तामा आफैं निको हुन्छ । जटिलता रोक्न लाÔणिक उपचार मात्र गरिन्छ । कुनै किसिमको पानी जम्ने ठाउ“, प्राकृतिक, अप्राकृतिक भा“डालाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नुपर्छ । घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, पंखा, एयरकुलर, एयरकन्डिसन प्रयोग गर्ने गर्नुपर्छ । जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउ“मा लामखुट्टे भगाउने धुप, झोलको प्रयोग गर्ने, घरबाहिर जा“दा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित Ôेत्रमा जा“दा वा बस्दा पूरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रंगको कमिज लगाउनुपर्छ । जनचेतनामा अभिवृद्धि गर्नुपर्छ । सञ्चार माध्यममा रोगसम्बन्धी जनचेतना फैलाउने र रोगको शंका लागे चाँडो चिकित्सकलाई देखाउनुपर्छ ।

अन्तमा, मानिसबाट मानिसमा रोग नसर्ने भएकाले डेंगु रोग सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले, लामखुट्टेको टोकाइबाटै जोगिनु तथा संक्रमित लामखुट्टे निर्मूल गर्नुपर्ने नै समग्रमा रोकथाम हो । तसर्थ, धन र जनको क्षति न्यूनीकरण गर्न सरसफाइ र जनचेतना लिन र दिन संघीय, प्रादेशिक तथा स्थानीय सरकारको मुख नताकी हामी आफै विभिन्न तह र तप्कामा आफैं सक्रिय भई लाग्नुपर्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved