यस वर्ष ९२ हजारले कोरियन भाषा परिक्षा दिँदै, महिलाको संख्या १४ हजार ९ सय

  • प्रकाशित मितिः जेठ, 24, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / यस वर्षको इपिएस कोरियन भाषा परीक्षा दिनेको संख्यामा विगतको भन्दा बृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष कोरियन भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो । गत वर्ष ८२ हजार ३ सय ३५ ले परीक्षा दिएकोमा यो वर्ष ९२ हजार ३ सय ७६ जना परिक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । इपिएस अन्तरगत यही जेठ २५ र २६ गते सो भाषा परीक्षा हुँदै छ ।

पहिलो चरणको सो परीक्षामा सहभागी हुने पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ । यस वर्ष सबैभन्दा बढी म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न चाहने परिक्षार्थीको संख्या ६३ हजार ४ सय ८९ जना रहेको छ । कोरिया भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

कोरिया भाषा परीक्षा दिन काठमाडौंमा २१, पोखरामा चार र लतिपुरमा सात स्थानमा परीक्षा केन्द्र तोकिएको छ । कोरिया भाषा परीक्षा शनिबार र आइतबार २ सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्टको परीक्षा बिहान १० देखि १० बजेर ५० मिनेट सम्म र दिउँसो १ बजेर ३० मिनेट देखि २ बजेर २० मिनेट सम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved