नयाँ वर्षमा पूर्व– राई इज किङ, राई इज किङ

  • प्रकाशित मितिः पुष, 19, 2074
  • पहिलो किताब संवाददाता

धरान/ सदाबहार गायक, मेघा स्टार र इन्टरनेसनल पप स्टारको उपमा पाएका राई इज किङ अर्थात राशेजपायल राई लामो समय पछि इटहरीमा देखा परे । सन्दर्भ थियो अग्रेजी नयाँ बर्षको ।

यसैको अवसर पारेर राजेश पायलले पूर्वका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम गरे । पुष महिनाको चिसोमा इटहरीको जनता स्कुलको मैदानमा जम्मा भएको माहोल एकाएक तातियो जब साँझ ८ बजे स्टेजमा देखा परेका किङले ‘नाइ नभन्नु ल’ बोलको गीतबाट प्रस्तुती सुरु गरे ।

माहोल अनुसार आफ्नो प्रस्तुती दिन खप्पिस राईले ‘तिम्ले बाटो फेरेउ अरे’, ‘एकासी दुक्कासी’ ‘उकालिमा जाँदा जाँदै’, ‘मत मर्छु कि क्या हो ठूली’, ‘मन दिन्छु’, ‘किन यती धेरै माया लाग्छ’, ‘मैले मायाले दिएको चिनो’ लगायत डेढ दर्जन बढी गीत प्रस्तुत गरे । आफू जस्तै सदावहार गीत दर्शन नमस्ते प्रस्तुतिसँगै नयाँ वर्षलाई स्वागत गर्दै इटहरीसँग विदा लिए ।

सिल्भर ईन्टरटेन्मेन्टको आयोजनामा भएको नेपाल आइस न्यु इयर इभ कन्र्सटमा राजेशसँगै पूर्वकी चर्चित लोक दोहोरी गायिका अन्जु गौतम, युट्युबबाट कभर भिडियो गाउदै लोकप्रिय बनेका पुर्वेली ठिटो पल लिम्बू, गायक डिल्ली फोम्बो, बबिन लिम्बूलगायतले प्रस्तुति दिएका थिए । करिव ४ हजार दर्शकले साँझ ६ बजेबाट रातको १२ पछिसम्म नयाँ वर्षलाई स्वागत गर्दै मनोरंजन लिए ।

लोभ नगरी गीत पस्किने र माहोलको मनोविज्ञान बुझ्ने राजेशले उसै गरी धरान  भेडेटार, र फिदिममा पनि नयाँ वर्षको उपल्क्ष्यमा सांगीतिक प्रस्तुति दिन भ्याए । पूर्व आएका राजेशले यो नयाँ वर्षमा पूर्वेली संगीत पारखी र युवा पुस्तामा आफ्नो क्रेज झनै बढाए । राजेशले  नयाँ वर्षको पहिलो सातासम्म पूर्वमा रहेर संगीत पारखीलाई मनोरंजन दिनेछन । उनको आगामी कार्यक्रम जनवरी ५ मा सोलुसल्लेरीमा हुनेछ भने  ६ जनवरीमा बिर्तामोडमा हुने कार्यक्रम छ । 

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved