LIVE - भारतीय लोकसभा चुनाव परिणाम : सत्तारुढ दल भाजपा अगाडि ( भिडियो सहित )

  • प्रकाशित मितिः जेठ, 9, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / छिमेकी मुलुक भारतमा सम्पन्न १७औं लोकसभा निर्वाचनको मतगणना आज विहानवाट सुरु भएको छ । आज वेलुका सम्ममा निर्वाचन परिणाम आईसक्ने छ । निर्वाचन परिणामसँगै आगामी ५ वर्षका लागि भारतीय सरकारको नेतृत्व समेत छानिने छ ।

प्रारम्भीक मतगणना अनुसार वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले नै सरकार वनाउने संकेत देखिन थालेको छ । २०१४ को लोकसभा निर्वाचनमा बुहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका भाजपा नेता नरेन्द्र मोदी पुनः ५ वर्ष भारतको प्रधानमन्त्री बन्ने सम्भावना वढेर गएको छ ।

हिन्दु धर्मका लागि कट्टर मानिएको भाजपाले हिन्दु धर्मलाई नै प्रथमिकतामा राखेकाले यो निर्वाचनलाई हिन्दु अतिवादी र धर्मनिरपेक्षतावादी विचको टक्करका रुपमा समेत हेरिएको छ ।
निर्वाचन सकिए लगत्तै सत्तारुढ भारतीय जनता पार्टीले आफ्ुनो दलले चुनाव जित्ने दाबी गरेको थियो।

भारतको यसपटकको निर्वाचनलाई लिएर नेपालमा समेत विभीन्न अड्कलवाजी भईरहेको छ । भाजपा भारतको सत्तामा आए नेपालमा सुरु भएको हिन्दु राष्ट्रको आन्दोलनले उचाई लिने अनि सो आन्दोलनमा भारतीय सरकारको सहयोग अनि समर्थन मिल्ने आन्दोलनकारीहरु वताउँदै आएका छन् । आन्दोलनमा लागेका अनि राजसंस्था पुर्नवहालीको मागमा पछिल्लो समयमा गतिविधि गरीरहेकाहरुले समेत भारतमा भाजपा विजयी भए राजसंस्था फर्काउन सजिलो हुने दावी र जिकीर गर्दै आएका छन् ।


भारतीय लोकसभा निर्वाचन कूल ७ चरणमा गरिएको थियो। ५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट हुँदैछ। यो वर्ष भारतको निर्वाचनमा ९० करोड योग्य मतदाता थिए। यो सङ्ख्या विश्वको कुनैपनि निर्वाचनमध्ये सबैभन्दा धेरै हो। झन्डै ८ हजार उम्मेदवार तथा ६ सय ७० राजनीतिक दल चुनावमा सहभागी भएका थिए।

१० लाख मतदान केन्द्रमा ३९ दिन लगाएर सम्पन्न निर्वाचनमा अघिल्लो चुनावयता ८ करोड ३० लाख नयाँ मतदाता थपिएका थिए। १८(१९ वर्षका मतदान गर्न योग्य मतदाता मात्रै डेढ करोडको संख्यामा थिए। निर्वाचनमा बहुमत प्राप्त गर्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २ सय ७२ सिटमा जित हात पार्नुपर्छ। सन् २०१४ मा भाजपाले २ सय ८२ सिट जितेको थियो। सो समयमा भारतीय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved