आज मेघ गर्जनसहित वर्षाको सम्भावना

  • प्रकाशित मितिः जेठ, 9, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश भूभागमा आंशिक बदली रहने जनाएको छ ।महाशाखाले देशका पश्चिमी र मध्य भूभागमा र पूर्वी भूभागका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । त्यसैगरी देशका पश्चिमी र मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी भोलि शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली तथा थोरै स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना औंल्याइएको छ । शनिबार पनि केही भागमा बदली र अपरान्हपछि हावाहुरी सहितको वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved