एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्ने औषधिमै कैफियत

  • प्रकाशित मितिः जेठ, 9, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / बजारमा पाइने एन्टिबायोटिक र ग्यास्ट्रिक कम गर्न प्रयोग हुने औषधिमा कैफियत भेटिएको छ।ती औषधिको नमूना परीक्षणबाट कैफियत देखिएको औषधि व्यवस्था विभागले जनाएको छ। एन्टिबायोटिक दुखाइ कम गर्नका लागि प्रयोग गरिन्छ। नेपाली बजारमा बिक्री भइरहेका ९० प्रकारका औषधिको नमुना फेल भएको पाइएको छ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म संकलन गरिएका ८४७ नमुनामध्ये ८४३ वटा औषधिको नमुना परीक्षण गर्दा ९० वटामा कैफियत देखिएको राष्ट्रिय औषधि प्रयोगशालाका वरिष्ठ गुणस्तर नियन्त्रक शैलेशकुमार झाले बताए। ती औषधिको नमुना परीक्षणका क्रममा औषधिको मात्रा, घुल्ने क्षमता, फ्रियाबिलिटी टेस्टलगायतमा कमी देखिएको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved