कुटिए वडासचिव र ओभरसियर

  • प्रकाशित मितिः जेठ, 9, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले इटहरी–१९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरेका छन् ।

चौधरीले बुधबार बिहान सब ओभरसियर खड्कामाथि सेवाग्राहीसँग घुस लिएको भन्दै हातपात गरेका हुन् । घुस लिएको भन्दै चौधरीले सब ओभरसियर खड्कालाई कार्यालयबाट गलहत्याएर निकालेका थिए । उनले घुस खाने कर्मचारीलाई यहाँ प्रवेश छैन भन्दै गेटबाटै निकालेका हुन् ।

चौधरीले बुधबार मध्याह्न नै इटहरी– १९ का वडासचिव दाहाललाई नगरपालिका परिसरमै बोलाएर भ्रष्टाचार गरेको भन्दै हातपात गरेका थिए । चौधरीले दुई कर्मचारीलाई एकै दिन हातपात गरेपछि कर्मचारी रुष्ट भएका छन् । सुरक्षाको प्रत्याभूति नभएको भन्दै कर्मचारी आन्दोलित भएका छन् ।

मेयर चौधरीविरुद्ध कर्मचारीले नाराबाजी गर्दै इटहरी उपमहानगरपालिकाको गेटअगाडि मुख्य सडकमा प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय पुगेका थिए । कर्मचारीले मेयरले हातपात गर्नु निन्दनीय भएको र दादागिरी देखाउन खोजेको आरोप लगाएका छन् ।

पत्रकारमाथि अभद्र व्यवहार

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई अभद्र व्यवहार गरेका छन् । समाचार संकलनका क्रममा उपमहानरपालिका पुगेका पत्रकारद्वय विकल रेग्मी र कृष्णबहाव भट्टराइलाई उनले गाली गलौज गर्दै हप्काएका छन् । रेग्मीलाई कठालो समातेका छन् भने भट्टराईलाई सार्वजनिक स्थलमा अभद्र शैलीमा हप्काएका हुन् ।

कर्मचारी कुटपिटको विषयमा प्रतिक्रिया लिन पुगेको दुवै पत्रकारमाथि मेयरले गरेको व्यवहारको विरोध गर्दै पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ ।

मेयर चौधरीले गरेको व्यवहार निन्दनीय रहेको भन्दै अध्यक्ष अमर खड्का र सचिव हिमाल राईले विज्ञप्ति निकाल्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रहसमेत गरेका छन् । मेयरले पत्रकारलाई गरेको दुव्र्यवहारले समाचार संकलनमा अवरोध पुग्नुका साथै आमनागरिकलाई सूचित हुने अधिकार वञ्चित गरेको भन्दै नेपाल प्रेस युनियन सुनसरीले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved