सन्दीप सीपीएलमा , ८० लाख पाउने

  • प्रकाशित मितिः जेठ, 9, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि बार्बाडस ट्राइडेन्टस टोलीमा अनुबन्ध भएका छन् । 

लिगका लागि बुधबार साँझ देखि लन्डनमा जारी बोलकबोलमा सन्दीपलाई बार्बाडसले पाँचौ राउन्डमा अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर (करिव ८० लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् । 

सीपीएलको ड्राफ्टमा रहेका खेलाडीको बोलकबोल लन्डनमा जारी छ । सन्दीपको टोलीमा बुधबार अबेरसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज समेटिएका छन् ।

सीपीएल ड्राफ्टमा नेपालका सन्दीप सहित युवा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका थिए । सीपीएलको नयाँ संस्करण सेप्टेम्बर ४ देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा हुनेछ । सन्दीपले अघिल्लो सिजनपनि सीपीएल खेलेका थिए ।  उनले  सेन्टकिट्स एण्ड नेभिस प्याट्रियट्सबाट पाँच खेलमा सात विकेट लिएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved