एक्कासी किन जान लागे देउवा सिंगापुर

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । बुधबार साँझ स्वास्थ्य उपचारको लागि देउवा सिंगापुर जान लागेका हुन् ।

सिंगापुर जानु अघि सभापति देउवाले काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा प्रकाश शरण महतलाई देउवा निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी दिएका थिए ।

यही जेठ १५ गते मुलुकमा आगामी आर्थिक वर्षको बजेट ल्याईँदै छ । स्वास्थ्योपचार गरेर सभापति देउवा सिंगापुरबाट १३ गते साँझ फर्किने नेपाली काँग्रेसले जनाएको छ ।

पार्टीको तर्फबाट राष्ट्रिय जागरण अभियान मध्य भागमा चलिरहेको र छायाँ सरकार गठन गरेको दुई दिनपछि नै सभापति देउवा सिंगापुर जानुलाई विभिन्न शंका उपशंकाको दृष्टिले हेरिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved