अबदेखि अनिवार्य प्लाष्टिकमा प्याक गरेर मात्र फोहोर निकाल्नु पर्ने

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / गोकर्णेश्वर नगरपालिकाले नगर सफा र सुन्दर राख्नको लागि एक दिनमा १ सय किलोसम्मको फोहोर जलाउने मेसिन ल्याएको छ । अबको डेढ महिनामा उक्त मेसिनले काम सुरू गर्ने भएको छ । 

जापानबाट मगाइएको २ वटा मेसिनको साढे पाँच करोड लागत लागेको छ । उक्त मेसिन जापानको ‘चुस्टार कम्पनी’बाट मगाइएको हो । यो मेसिन गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडामा सञ्चालन गर्ने गोकर्णेश्वर नगरपालिकाका  मेयर सन्तोष चालिसेले बताए । 

गोकर्णेश्वर नगरपालिकाको मुख्य फोहोर थुप्रिने ठाउँ जोरपाटी, नारायण्टार आसपास, गोकर्ण, नयाँपाटी, सुन्दरीजलको बर्सपार्क, आरूबारी लगातको ठाउँमा बढि फोहोर थुप्रिने हुनाले यसलाई मध्येनजर गर्दै गोकर्णेश्वर नगरपालिकाले उक्त मेसिन मगाएको हो । 

२४ सै घण्टा चल्ने उक्त मेसिनले कुहिने फोहोर बाहेक अन्य प्लाष्टिक, लत्ताकपडा, ४ इन्च जतिको फलाम, १०  मिनेटमै जलाउने मेयर चालिसेले बताए । उनले भने ‘अब गोकर्णेश्वर सफा राख्नको लागि गोकर्णेश्वरका प्रयेक घर, संघ–संस्थाबाट अनिवार्य रूपमा प्लाष्टिकमा प्याकेट पारेर मात्र फोहोर निकाल्नु पर्ने छ । फोहोर हाल्नको लागि गोकर्णेश्वर नगरले नै प्लाष्टिक  उपलब्ध गराउछ’ । 

यस मेसिनले काम गर्न थालेपछि गोकर्णेश्वर नगरपालिकामा कुनै फोहोर देख्न नपर्ने र सुन्दर सफा हराभरा वातावरण भएको नगरपालिका बनाउने अपेक्षा चालिसेले लिएका छन् ।  

यस मेसिनबाट फोहोर जलाएर फालिएको धुवा पानी र हावाको कारणले फाल्ने भएकोले गर्दा यसबाट निस्केको धुवाले जनमानिसमा कुनै असर नगर्ने नगरको भनाई छ । 
उक्त मेसिन १ वर्ष अगाडिनै सञ्चालनमा ल्याउनु पर्ने भए पनि जापानि प्रविधि युक्त भएकाले जापानबाटै विज्ञहरू आएर यसको जडान गनुपर्ने भएकाले प्रयोग गर्न ढिला भएको मेयर चालिसेको भनाई छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved