हत्याको आरोपमा ४ युवा बुटवलबाट पक्राउ

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन् ।

उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आर्चायको सोमबार ढुङगाले हानेर बीभत्स हत्या भएको थियो ।

पक्राउ परेका सबै कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ का हुन् । पक्राउ पर्नेमा ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक रहेका छन् । पक्राउ परेकामध्ये रमेश विक हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार हत्यापछि उनलाई उनकै मोटरसाइकलमा ल्याएर जङ्गलमा फ्याँकेका थिए । मादक पदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आर्चायसँग भएको रु १३ हजारको लोभमा हत्या गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । हत्या गरेर जङ्गलमा फ्याँकिएका उनको सनाखत हुन पनि धेरै समय लागेको थियो । पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved