१५ वर्षीय किशोरीलाई वेश्यावृत्तिमा लगाउने पक्राउ

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत (कुवँर) रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

उनीहरुलाई मानव बेचबिखन ऐन र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । उनीहरु बाग्लुङको निसीखोला गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । १५ वर्षीया नाबालिकालाई आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेको बताइएको छ । उनलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved