टाइगर र दिशा मिडियाले भेटेपछि बने लज्जित

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

मुम्बई / बलिउडका अधिकांश जोडी आफ्नो प्रेमलाई लुकाउन चाहन्छन्।पछिल्लो समय ‘स्टुडेन्ट अफ द इयर २’ बाट चर्चामा आएका अभिनेता टाइगर श्राफ र सलमान खानको फिल्म ‘भारत’को प्रमोसनमा ब्यस्त अभिनेत्री दिशा पटेल पनि प्रेम लुकाउन भाग्दै हिँड्नु परेको छ।

यो जोडी पछिल्लो दुई वर्षदेखि डेटमा छ तर पनि उनीहरु खुलेर सम्बन्धमा रहेको भने स्वीकार गरेका छैनन्। पछिल्लो समय यो जोडी डिनर डेटमा फेला परेपछि पुनः उनीहरुको प्रेमबारे चर्चा सुरु भएको हो।डिनर डेटमा रहेको उनीहरु मिडिया देखेपछि तर्किएका थिए। तर, यसअघिजस्तो उनीहरु मिडियाबाट भने भागेनन्। बरु लज्जित महसुस गरे।

टाइगर र दिशा ‘बाघी २’ मा सँगै काम गरेपछि नजिकिएका थिए। त्यसपछि उनीहरुले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले दाबी गर्दै आइरहेका छन् । टाइगरले दिशालाई मुम्बइबाहिर एउटा फ्ल्याट खलिएर राखेको र उक्त फ्ल्याटमा टाइगरका पिता ज्याकी श्राफ पनि बेलाबेलामा पुग्ने गरेको समेत चर्चा बलिउडमा चल्दै आएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved