मेस्सीलाई कोपा अमेरिका जिताउने अर्को मौका

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / अर्जेन्टिनाले कोपा अमेरिकाका लागि आफ्नो राष्ट्रिय टोलीको घोषणा गरेको छ।आगामी जुन महिनाबाट सुरु हुने प्रतियोगितामा बार्सिलोनाका कप्तान लियोनल मेस्सी अटाएका छन्। मेस्सीसँगै स्टार पाउलो ड्याबेला, एंजल डि मारिया, सर्जियो अग्वेरो पनि टोलीमा परेका छन्।राष्ट्रिय टोलीमा सेभिल्लाबाट खेल्दै आएका स्टार ग्याब्रियल मर्काडो र इभर बनेगा दुवै अटाउन सकेनन्।

यस्तै स्टार माउरो इकार्डी समेत अर्जेन्टिनी टोलीमा अटाएनन्।राष्ट्रिय टोलीमा परेसँगै मेस्सीलाई यस कोपा अमेरिका देशका लागि अन्तर्राष्ट्रिय स्तरको उपाधि जिताउने यो अर्को मौका प्राप्त भएको छ।पाँच पटकका बालुन डि’ओर अवार्ड विजेता मेस्सीले अर्जेन्टिनालाई ३ पटक कोपा अमेरिकाको फाइनलसम्म टोलीलाई पुर्याएका छन्।

यद्यपी सबैमा अर्जेन्टिना उपविजेतामा सीमित बनेको छ।मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा समेत पुर्याएका थिए। त्यसबेला अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved