अत्याधिक गर्मी छल्न गोबरले पोते कार

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / भारतको अहमदाबादमा यतिबेला अत्याधिक गर्मी छ। मानिसहरु शितलमा बस्छन्।सवारी साधन चलाउन नसकिने गर्मी त्यहाँ भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।४५ डिग्री सेल्सियससम्मको गर्मीले कार कुदाइरहँदा निकै गर्मी भएपछि एक महिलाले तापक्रमलाई चिसो बनाउन तथा आफूलाई शितलमा राख्न कारलाई गोबरले पोतेका छन्।

यसरी गोबरले कार पोतेपछि आफूलाई गर्मी कम भएको महशुस भएको उनले बताएकी छन्। फेसबुक प्रयोगकर्ता रुपेश गौरंगा दासले यस फोटो सार्वजनिक गरेसँगै भारतमा यस विषय निकै चर्चित बनेको छ।दासले गाईको गोबरको सही सदुपयोग भएको बताएका छन्। दासका अनुसार उक्त कारको फोटो सेजल साहाको हो।Image may contain: car

सेजलले वाट्सएप मार्फत दासलाई फोटो पठाएकी थिइन्। उनले गोबरले कार पोत्दा कार हाँक्दा गर्मी कम भएको बताएका छन्।विशेषगरी भारतमा गोबरले घरहरु पोतिन्छन्। कारलाई गोबरले पोतिएपछि भने मानिसहरुले यस कार्यलाई सिर्जनात्मक भनेर तारिफ गरिरहेका छन्।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved