ब्रेक फेलका कारण बस दुर्घटना, २५ जना घाइते

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

अर्घाखाँची/ अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर बुटवलतर्फ  फर्कँदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

लु१ख ७९४१ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटामा दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस पुलमाथि पुगेपछि ब्रेक फेल भई अनियन्त्रित भएको बताइएको छ । यात्रुका अनुसार बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved