झुक्यो प्रहरी , चितवन काण्डमा पक्राउ परेकाहरूलाई छाड्न बाध्य

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

भरतपुर / पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चितवनको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा तोडफोड एवं आगजनी गरेको अभियोगमा पक्राउ परेका तीनजनालाई प्रहरीले छाडिदिएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरीसहित रत्ननगर नगरपालिका वडा नम्बर ९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका वडा नम्बर ८ का खिलप्रसाद घिमिरेलाई जिल्ला प्रशासन कार्यालय चितवनले धरौटीमा छाड्न आदेश दिएको हो । छुटेका व्यक्तिले ५४ हजार रुपियाँका दरले धरौटी राखेका छन् ।

रेवान सौराहका अध्यक्ष गिरीलाई प्रहरीले पक्राउ गरेर दुःख दिएको विषयमा दैनिक नेपालले मंगलबार समाचार प्रकाशित गरेको थियो । दैनिक नेपालको समाचारसँगै चितवन प्रहरीले पक्राउ परेका सबैलाई धरौटीमा छाडेको छ ।

प्रहरीले अध्यक्ष गिरीलाईलाई झुठ्ठा मुद्धा लगाएर शुक्रबार पक्राउ गरेको आफन्तको आरोप छ । दासढुंगामा मदन भण्डारीको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा चिवतन प्रहरीले अध्यक्ष गिरीलाई पक्राउ गरेर सडक बोर्ड दस्तुर उठाउने ठाउँमा आक्रमण गरेको आरोप लगाएको छ । प्रहरीको आरोपलाई गिरीले अस्वीकार गर्दै आएका छन् ।

सडक बोर्ड दस्तुर कर उठाउने स्थानमा सत्तारुढ नेकपाका प्रदेश सांसद कृष्ण खनाल र रत्ननगर नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको नेतृत्वमा पुगेको समूहले कर उठाउने स्थानमा आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

चितवन प्रहरीका प्रमुख एसएसपी सुशील सिंह राठौरले प्रदेश सांसद खनाल र संघका अध्यक्ष रेग्मीलाई पक्राउ गर्न नसकी काम देखाउन घटनामा संलग्नता नै नरहेका रेवानका अध्यक्ष गिरीलाई पक्राउ गरेको स्थानीयको आरोप छ ।

आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर संकलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालिले गोकर्ण गिरीसहित उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिना लगायतका बिरुद्ध कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब चार लाख रुपियाँ समेत लुटिएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपनि प्रहरीले अनाकानी गर्दै गिरी बाहेक अरुलाई पक्राउ गरेको थिएन ।

आफ्नै गृह जिल्लामा आउँदा समेत पटकै पिच्छे कर तिर्नुपर्ने बाध्यताले आजित चितवनका स्थानीयले गत, शुक्रबार बिहान ११ बजे ढाटमा आगो लगाएका थिए ।

आगजनीबाट ढाट पूर्ण रूपमा क्षति भएको छ । प्रदेशसभाका सांसद कृष्ण खनालको नेतृत्वमा आएका ३०–४० जना स्थानीयले ड्युटीमा खटिएका गोन्द्राङ प्रहरी चौकीका असई कल्पना खड्कामाथि समेत आक्रमण गरेका थिए ।

आक्रमणमा परी असई खड्का गम्भीर घाइते भएकी छिन् । उनको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीलाई पेट्रोल हाल्ने मुख्य व्यक्तिहरू भने फरार रहेको र खोजी भइरहेको बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved