गोली लागि घाइते भएका विप्लव कार्यकर्ता घिमिरेको मृत्यु

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

भोजपुर/ भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ता तिर्थराज घिमिरेको मृत्यु भएको छ । मंगलवार दिउँसो भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो ।

प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाककाउलेक विप्लव कार्यकर्ता घिमिरे गम्भिर घाइते भएका थिए।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved