पुरानो राष्ट्र गान बजाउँदा दुई जना पक्राउ

  • प्रकाशित मितिः जेठ, 2, 2076
  • पहिलो किताब संवाददाता

बुटबल / पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा बुटबलवाट शाही युवा शक्तिका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा भएको भेलामा उक्त गीत बजाएको भनी पक्राउ गरिएको हो । उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको छ ।

शाही युवा शक्तिले पक्राउ गरिएका कार्यकर्ता रिहाईको माग गरेको छ । उसले रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । केसीका परिवारले पत्रकार सम्मेलन गरी उनी अनशनमा रहेको र स्वास्थ्य विग्रन थालेको जानकारी दिएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved