गाँजासहित एक भारतीय नागारिक पक्राउ

  • प्रकाशित मितिः जेठ, 2, 2076
  • पहिलो किताब संवाददाता

वीरगञ्ज / सात केजी प्रतिबन्धित गाँजासहित एक भारतीयलाई पर्साको महादेवपट्टी प्रहरी चौकीका प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको ओरिया खोला किनारबाट बी आर २२ एम २३७९ नम्बरको मोटरसाइकलमा गाँजा लिएर भारत तर्फ जाँदै गरेको समयमा पर्साको ग्रामिण इलाकामा खटेका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका व्यक्ति भारतको बिहार राज्य पश्चिम चम्पारण भागाहा बस्ने शुखराम महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ स्थित ओरिया खोला किनारबाट लागुऔषध गाँजा सहित उनलाई पक्राउ गरिएको उनले बताए ।

मोटरसाइकलमा प्रतिवन्धित गाँजा लिएर सीमा नाकातर्फ जाँदै गरेको समयमा प्रहरीले चेकजाँच गर्दा अभियुक्त नुनिया पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक शर्माले बताए ।अभियुक्त नुनियालाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका नुनियालाई लागुऔषध मुद्दामा कार्वाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved