कोरियामा खडेरी, १ करोड जनता भोकै

  • प्रकाशित मितिः जेठ, 2, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी । उत्तर कोरिया पछिल्ला ३७ वर्षयताकै सबैभन्दा ठूलो खडेरीको मारमा परेको छ । खडेरीका कारण खेतीमा नकरात्मक प्रभाव परेको र सुक्खाविरुद्ध जनताले युद्ध लडिरहेको  उत्तर कोरियाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले १ करोड उत्तर कोरियालीलाई तत्काल खाद्यान्न आवश्यक रहेको बताएलगत्तै उत्तर कोरियाको पछिल्लो भनाइ बाहिर आएको हो ।

संयुक्त राष्ट्रसंघको रिपोर्टमा उत्तर कोरियालीहरु हरेक दिन तीन सय ग्राम खाद्यान्नका भरमा बाँच्नु परिरहेको उल्लेख छ । सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण हजारौंले ज्यान गुमाएका थिए ।

यो खडेरीबाट देशमा कति क्षति भयो भन्ने स्पष्ट भएको छैन । तर, देशैभर किसानले लगाएको खेती नष्ट भएको छ । त्यसैले उत्तर कोरियाले कम्तीमा पनि १५ लाख टन खाद्यान्न आयात गर्नुपर्नेछ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार यस वर्षको पहिलो ५ महिनामा ५४ दशमलव ४ मिलिमिटर मात्रै वर्षा भएको छ । यो सन् १९८२ पछिकै सबैभन्दा कम पानी परेको रेकर्ड हो ।

गत महिना विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनले संयुक्त रुपमा जारी गरेको रिपोर्टमा सन् २०१८ मा उत्तर कोरियामा सन् २००८ पछिकै सबैभन्दा कम खाद्यान्न उत्पादन भएको उल्लेख गरिएको छ ।

यसअनुसार करिब १ करोड अर्थात् करिब ४० प्रतिशत जनतालाई तत्काल खाद्य सहयोग आवश्यक पर्नेछ ।

उत्तर कोरियामाथि अमेरिकाले लामो समयदेखि प्रतिबन्ध लगाए पनि मानवीय सहायताका सामग्री र खाद्यान्न आयातमा भने रोक लगाएको छैन । सन् २०१७ मा पनि उत्तर कोरिया खडेरीका कारण नराम्ररी प्रभावित भएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved