एनएमबि र ओम डेभलपमेण्ट बैंक मर्जर हुँदै

  • प्रकाशित मितिः जेठ, 2, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्राइम कमर्सिलय बैंकसँग मर्ज भाडिएपछि ओम डेभलपमेण्ट बैंक एनएमबि बैंकसँग गाभिने भएको छ । यस अघि प्राइम कमर्सिएल बैंकसँग मर्जर प्रकृयामा रहेको ओमलाई सम्झौता भाडिएसँग एनएमबिले प्राप्तीको कार्यक्रम तय गरिएको बैंकले जनाएको छ । गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर गर्न एनएमबीले विहीबार ३ः३० बजे होटेल अन्नपूर्णमा कार्यक्रम राखेको छ ।

एनएमबी बैंकले दिएको जानकारी अनुसार दुबै बैंकविचको मर्जर प्रकृया आगामि तीन महिना भित्र सम्पन्न गरी एकीकृत कारोबार गर्नेमा सहमति भएको समेत बैंकले जनाएको छ । प्राइमसँगको मर्ज प्रक्रियामा करिब १ वर्ष अघिदेखिको प्रयास भाँडिएपश्चात नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो ।

मर्जरमा जाने सहमति भएपनि हालसम्म स्वाप रेसियोको विषयमा भने टुङ्गो लागिनसकेको कम्पनीहरुले जानकारी दिएका छन् ।दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन पश्चात प्राप्त हुने नतिजा अनुसार १० अंक थपघट हुनसक्ने गरि दुबै बैंकबीच सम्झौता भएको जानकारी प्राप्त भएको छ । प्रमाई कमर्सियल बैंकसँग स्वाप रेसियोको विषयमा कुरा नमिलेपछि २ महिना पहिला मर्ज नगर्ने जानकारी ओमले दिएको थियो ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । दुबै बैंक एक आपसमा गाभिएपछि चुक्ता पूँजी १२ अर्ब १३ करोड ३३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved