कञ्चनजंघामा दुई पर्वतारोहीको मृत्यु, एक पर्वतारोही बेपत्ता

  • प्रकाशित मितिः जेठ, 2, 2076
  • पहिलो किताब संवाददाता

ताप्लेजुङ / ताप्लेजुङमा पर्ने कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको ज्यान गएको छ । बुधबार राति क्याम्प–४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि गर्नुभएकाे छ।

मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कन्राज रहेको उनीहरूलाई कञ्चनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाले जानकारी दिएका छन् । अन्य चिलीका एक आरोही बेपत्ता भएका छन् । कञ्चनजंघा चढेर फर्किने क्रममा रहेका चिलीका आरोही रोर्टिगो भिभान्को बेपत्ता भएका हुन् ।

पासाङकाका अनुसार वैद्य ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कदै थिए भने कुलपाल माथि चढ्दै थिए । दुबै जनालाई हाइअल्टिच्युडको समस्या भएपछि राति अबेरसम्म शेर्पाहरूले क्याम्पमा ल्याउन प्रयास गरेपनि मृत्यु भएको पासाङले जनाउनुभयाे ।

शव छोडेर शेर्पाहरू क्याम्पमा पुगेका उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दुबै जनालाई हाइअल्टिच्युडको समस्या भयो, राति अबेरसम्म शेर्पाहरूले क्याम्पमा ल्याउन प्रयास गरे । तर उनीहरूको मृत्यु नै भयो, त्यसपछि शव छोडेर शेर्पाहरू क्याम्पमा पुगे ।’

मृतकहरूको शव अहिले पनि घटनास्थलमै रहेको र तल झार्ने प्रयास भइरहेको पासाङले जानकारी दिएका छन् । दुवै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट भोलिसम्म काठमाडौं ल्याइने थापाले जानकारी दिए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved