२१२ किलो गाँजासहित २ जना पक्राउ

  • प्रकाशित मितिः जेठ, 2, 2076
  • पहिलो किताब संवाददाता

सर्लाही । प्रहरीले लालबन्दी नगरपालिकाबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका वडा नं.६ र ९ बाट लागुऔषध गाँजा र भारतीय नम्बर प्लेटको सुमोसहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

लालबन्दी नगरपालिका–६ बस्ने संगम लामाको घरमा लुकाई छिपाई राखेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ६२ किलो र लालबन्दी –९ मा बेवारीसे अवस्थामा रहेको वि आर ३० पि १४५८नम्बरको भारतीय सुमोबाट १ सय ५० किलो गरी जम्मा २ सय १२ किलो गाजा बरामत गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले बताउए ।

प्रहरीले लालबन्दी नगरपालिका–७ बस्ने ३७ वर्षीय सरोज जंग घिमिरे पर्साको विरगन्ज महानगरपालिका –१८ भिश्वा बस्ने २२ वर्षीय सिधु सिंहलाई पक्राउ गरेको प्रहरी प्रमुख भटराईले बताए । प्रहरी गएको थाहा पाएपछि लामा घरबाट भागेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सिन्धुलीको क्यानखोला र मरिण क्षेत्रमा उत्पादन भएको गाजा सर्लाहीको लालबन्दी, नवलपुर, हरिवन तथा बागामती हुदैँ भारतीय बजारमा पुग्ने गरेकोे अनुसन्धानबाट खुलेको र फरार लामासहित पक्राउ परेका घिमिरे र सिंह व्यावसायीक गाजा तस्करी रहेका प्रहरीले जनाए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved