जीप दुर्घटनामा परी ७ जना घाइते

  • प्रकाशित मितिः जेठ, 1, 2076
  • पहिलो किताब संवाददाता

बेनीघाट / गोरखामा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । गण्डकी गाउँपालिका– २ स्थित दर्बुङ्गको रानीस्वरामा बुधबार बा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । तान्लिचोकबाट गाउँपालिका कार्यालय जाने क्रममा सडकबाट करीब ४३ मिटर तल खसेर सो जीप दुर्घटना भएको घ्याल्चोक प्रहरी चौकीका प्रमुख असई लखन बहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाका घाइतेमध्ये ६ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने चालक मिलन श्रेष्ठको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरुमा मिना पन्त, सीता लामिछाने, सारजन थापा, नरबहादुर थापा, दीपक थापा र लिला थापा रहेका छन् । उनीहरु सबै गण्डकी गाउँपालिकाकै स्थानीय हुन् । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved