दमदार जेसीबीको शानदार उपहार

  • प्रकाशित मितिः जेठ, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा सानदार उपहार घोषणागरेको छ ।यो नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबी थ्री डीएक्स सुपर वा जेसीबी २२० एलसी एक्स्ट्राको खरिदमा १ हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सबै सामग्री निःशुल्क उपलब्ध गराउनेछ ।

एमएडब्लू अर्थमुभर्सले जेसीबी थ्री डीएक्स सुपरमा दुई वर्षसम्म अनलिमिटेड आवर वारेन्टी र जेसीबी २२० एलसी एक्स्ट्रामा तीन वर्ष वा ७ हजार घन्टा पावरट्रेन वारेन्टी उपलब्ध गराउँदै आएको छ ।जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत सहज रूपमा पु¥याउन एमएडब्लू अर्थमुभर्सले फाइनान्स, न्यूनतम डाउनपेमेन्ट, सरल ब्याजदर र डाइरेक्ट एलसीजस्ता सुविधा उपलब्ध गराएको छ । यी मेसिन ८५ प्रतिशतसम्म फाइनान्समा उपलब्ध छन् ।

देशभर १२ स्थानमा ‘थ्री एस’ सुविधासहितको शाखा, १३ वटा आधिकारिक बिक्री केन्द्र र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायत उत्पादन बजारमा छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले बिक्रीपछिको सेवालाई जोड दिने पनि विज्ञप्तिमा उल्लेख छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved