अमिताभ बच्चनको यस्तो लुक्स

  • प्रकाशित मितिः जेठ, 1, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी  / लिउडका नायक अमिताभ बच्चनको भर्सटायल अभिनयको फ्यान धेरै छन् । उमेर पाको भएपनि उनले अभिनयमा विविधता भने छाडेका छैनन् । उनै, अमिताभले अभिनय गरेको चलचित्र ‘बद्ला’ बक्स अफिसमा सुपरहिट भयो । अहिले, उनी नयाँ चलचित्र ‘चेहरे’को छायांकनमा व्यस्त छन् ।

थ्रिलर जनरामा निर्माण भैरहेको यो चलचित्रमा इम्रान हाश्मीको पनि मुख्य भूमिका छ ।

अभिताभ बच्चनले चलचित्र छायांकन चलिरहँदा आफ्नो लुक्स सार्वजनिक गरेका छन् । उनले सामाजिक संजालमा तस्विर पोस्ट गर्दै आफ्नो लुक्स सार्वजनिक गरेका हुन् । जहाँ अभिताभ बच्चन फरक अवतारमा देखिएका छन् ।

लामो अनि फुलेको दारीमा अभिताभलाई निकै सुहाएको छ । उनले लागाएको चस्मा र टोपीबाट पनि क्यारेक्टरलाई प्रस्टाउन खोजिएको छ ।

अमिताभले अभिनय गरेका सानो बजेटका चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन् । यसैले पनि अमिताभ मल्टिस्टारर चलचित्र भन्दा पनि राम्रो कथाका चलचित्रमा अभिनय गरिरहेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved